धितोपत्र बजारलाई थप व्यवस्थित गर्न नयाँ कानूनी प्रबन्ध हुँदै

केन्द्रीय निक्षेप सेवा सञ्चालन गर्न कम्तीमा २० करोड बराबरको सम्पत्ति हुनुपर्ने व्यवस्था गरिएको छ । सङ्घीय संसद्मा धितोपत्रसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा केन्द्रीय निक्षेप सेवा सञ्चालन अनुमतिपत्रका लागि निवेदन दिनुपर्नेसम्बन्धी व्यवस्थामा निक्षेप प्रणालीलाई थप व्यवस्थित र पारदर्शी बनाउने लक्ष्यका साथ उक्त व्यवस्था गरिएको हो । यस्तै केन्द्रीय निक्षेप सेवा सञ्चालन गर्न आवश्यक…