प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभाबाट चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ। होटल ईच्छा, सिमरा, बारामा असार १० गते सम्पन्न विशेष साधारण सभाले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १० बराबर ६ कित्ता अनुपातमा ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद निष्काशन गर्ने प्स्ताव अनुमोदन भएको हो।…