म्यान्मासँगको सीमामा तारबार लगाउने भारतको योजना

भारतले स्वतन्त्र आवागमन सीमा क्षेत्र सम्झौतालाई रद्द गर्दै म्यान्मासँगको आफ्नो विशाल र खुला सीमामा तारबार लगाउने योजना बनाएको भारतीय सञ्चारमाध्यमले आइतबार बताएको छ । विद्रोही आक्रमणबाट भागेर म्यान्माका सयौं सैनिक भारतमा प्रवेश गरेपछि गृहमन्त्री अमित शाहबाट यस्तो घोषणा आएको हो । शाहले शनिबार उत्तरपूर्वी राज्य आसामको भ्रमणका क्रममा भने, “सरकारले पूरै खुला भारत–म्यान्मा सीमामा तारबार…