मुक्तिनाथ केबलकार निर्माणको लागत ५५ अर्ब १८ करोड, अध्यावधिक डीपीआर हस्तान्तरण

मुक्तिनाथ केबल कार निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकनसहितको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लगानी बोर्डको कार्यालयमा बुझाइएको छ । मुक्तिनाथ दर्शन प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले बुधबार लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई अध्यावधिक डीपीआर बुझाएका हुन् । केबलबार निर्माणका लागि ५५ अर्ब १८ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रस्तावित केबलकारको लम्बाइ ८१.०१४…