गभर्नर सिफारिस समिति : स्वतन्त्र र सक्षम व्यक्ति सिफारिस गर्ला कि स्वार्थ समूहको ‘रबर स्ट्याम्प’ बन्ला ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर स्वतन्त्र र सक्षम व्यक्तिलाई बनाउनुपर्नेमा यतिखेर चौतर्फी आवाज उठिरहेको छ । सरकारले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा अर्थविद् विश्व पौडेल र पूर्वगभर्नर विजय भट्टराई सम्मिलित गभर्नर सिफारिस समिति गठन गरेपछि सो समितिले संवेदनशील भएर निर्णय गर्नुपर्नेमा धेरैको जोड छ । सरकारले सोमबार गभर्नर नियुक्तिका लागि औपचारिक रूपमा समिति गठन…