काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी विनिमयसम्बन्धी एकीकृत निर्देशिकामा संशोधन गर्दै आयातसँग जोडिएका केही प्रक्रियाहरूलाई सरल बनाएको छ। नयाँ व्यवस्थाअनुसार अब आयात प्रतिपत्र (एलसी) खोल्दा आयातकर्ताले विदेशी विनिमय नियन्त्रण फारम तीन प्रति भर्नुपर्ने बाध्यता हटाएर दुई प्रति मात्रै पर्याप्त हुने भएको छ। यसअघि तीन प्रति फारम भर्ने प्रावधान थियो, जसमा एक प्रति कागजात फाइलसँग राखिन्थ्यो…