उद्योगी, व्यवसायी तथा ऋणीले बैंक विरुद्ध सडकमा उत्रिएको विषयलाई लिएर अन्तर्राष्ट्रिय स्तरबाट सोधपुछ हुन थालेको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए । अन्तर्राष्ट्रिय रुपमा कारोबार गर्ने बैंकहरुको विरुद्ध भएका गतिविधिबारे सोधपुछ हुनुले लगानीकर्ताको विश्वास झनै कमजोर देखिएको उनको बुझाइ छ । हालसम्म पनि नेपालको रेटिङ हुन सकेको छैन । रेटिङ नभएको मुलुकमा पनि विदेशी…