वाणिज्य बैंकका बैंकरहरूको संगठन नेपाल बैंकर्स संघ (एनबीए) को कार्यकारी समिति सदस्यमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङलाई चयन गरेको छ । यसअघि मेगा बैंककी पूर्वसीईओ अनुपमा खुन्जेली उक्त बैंकबाट बाहिरिएपछि रिक्त रहेको सदस्य पदमा खालिङ निर्वाचित भएका हुन् । होटल एभरेष्ट बानेश्वरमा सोमबार सम्पन्न एनबीएको ३६ औं वार्षिक साधारण सभाले माछापुच्छ्रे बैंकका…