अन्य आयोजनामा असर नपारी माथिल्लो अरुणको स्रोत व्यवस्थापन गर्न विश्व बैंकलाई प्रधानमन्त्रीको आग्रह

विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग शिष्टाचार भेट गरेका छन । भेटका अवसरमा प्रधानमन्त्री दाहालले विश्व बैंकसँगको नेपालको ६ दशक भन्दा लामो सहकार्यको स्मरण गर्दै नेपालले विकास प्रक्रियामा भोग्नु परेका जलवायुजन्य चुनौतीहरु र हरित विकासका सम्भावना बारे छलफल गरे। विश्व बैंकले नेपालको आर्थिक तथा सामाजिक विकासमा खेलेको भूमिका प्रति…