नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक वित्तीय संस्थाबाट ऋण लिने व्यक्ति कोही पनि पीडित नहुने बताएका छन् । उनले ऋण लिने 'वेनिफिसियर' हुने भएकाले कर्जा तिर्नुपर्ने बताएका हुन् । ऋण लिएपछि तिर्नुपर्छ भन्दै गभर्नरले कर्जा तिरेपछि मात्र अन्य कुरा हुने बताए । नेपाल म्यानेजमेन्ट संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको विषयमा राखेको कार्यक्रममा बोल्दै…