आन्तरिक आर्थिक गतिविधि चलायमान बनाउन मौद्रिक नीतिमा लचकता

नेपाल राष्ट्र बैंकले समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आन्तरिक आर्थिक गतिविधिहरु चलायमान बनाउन सहयोग पुर्याउने गरी मौद्रिक नीतिलाई सजगतापूर्वक केही लचिलो बनाएको छ । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै मौद्रिक नीतिको कार्यदिशालाई मुद्रास्फीति र विदेशी विनिमय सञ्चितिको वर्तमान अवस्था र सम्भावित परिदृश्यको आधारमा केहि लचिलो बनाइएको जनाएको छ ।…