बैंकिङ क्षेत्रको अन्तर बैंक दर पछिल्लो तीन दिनमा साढे २ प्रतिशत विन्दुले बढेको छ । वित्तीय क्षेत्रमा अधिक तरलता भएपछि केन्द्रीय बैंकले रिभर्स रिपो र ट्रेजरी बिल्स जारी गरेपछि अन्तर बैंक दर बढेको हो । केन्द्रीय बैंकले आइतबार २० अर्ब रुपैयाँ बरावरको रिभर्स रिपो जारी गरेको थियो । उक्त रिभर्स रिपोमा बैंक वित्तीय संस्थाले औसत…