सनराइज बैंकको २ शाखारहित बैंकिङ सेवा विस्तार

सनराइज बैंक लिमिटेडले बैंकिङ पहुच नपुगेका स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पु¥याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा विस्तार गर्दै आएको छ । सोही क्रममा वैशाख १५ शुक्रबार बैंकले प्रदेश ७ अन्तर्गत कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं.७ कलुवापुरमा १०१ औं र डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका वडा नं. ५ देवलदिव्यपुरमा १०२ औं शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको थियो…