विश्व बैंकले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि १० करोड डलर अर्थात् १२ अर्ब ९१ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । नेपालमा स्वास्थ्य सेवाको गुणस्तर सुधारका निमित्त विश्व बैंकले 'नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम' मार्फत १० करोड डलर सहयोग गर्नेछ । १० करोड डलरमा ३८ लाख डलर अनुदान हुनेछ भने बाँकी ऋण रहेको छ। …