‘अण्डर इन्भ्वाइसीङ’ ले घट्यो रेमिट्यान्स, हुण्डी मार्फत भित्रन्छ मासिक ७ अर्ब

कोरोना महामारीपछि सुचारु भएको अन्तर्राष्ट्रिय व्यापारिक गतिविधिका कारण नेपाल भित्रिने रेमिट्यान्समा कमी आउन थालेको छ । आयातका लागि गरिने अण्डर इन्भवाइसीङ र हुण्डीको कारोबारले औपचारिक माध्यमबाट आउने रेमिट्यासमा गिरावट आएको हो । कोरोनाका कारण आर्थिक गतिविधि ठप्प थिए । सो अवधिमा विदेशमा रहेका नेपालीले नेपालमा पैसा पठाउनका लागि औपचारिक माध्यमको प्रयोग गर्नुको विकल्प थिएन ।…