नयाँ सरकार गठनपछि बजेट र मौद्रिक नीतिको अन्योलतामा अल्झियो शेयरबजार

सरकार परिवर्तन भएसँगै बजेट र मौद्रिक नीतिको अन्योलता बढ्दा शेयर लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा पुगेका छन् । जसले गर्दा नेप्सेमा सूचक तथा कारोबारमा झिनो सुधार देखिएको छ । सर्वोच्च अदालतको परमादेश बमोजिम शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि केपी ओली सरकारले अध्यादेशमार्फत ल्याएको आगामी आर्थिक वर्षको बजेटको वैधतामा प्रश्न उठेपछि यसको प्रभाव शेयरबजारमा पनि देखिएको…