एनआईसी एशिया बैंकको ३ अर्बको ऋणपत्र असार ६ गतेदेखि बिक्रीमा आउँदै

एनआईसी एशिया बैंक लिमिटेडले असार ६ गतेबाट ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री गर्ने भएको छ । बैंकले १० वर्ष अवधिका लागि ‘८.५ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८७’ ऋणपत्र निष्काशन तथा बिक्री गर्ने भएको हो । बैंकले निष्काशित ३० लाख कित्ता ऋणपत्रमध्ये १८ लाख कित्ता व्यक्तिगत विभिन्न संघसंस्थाहरुलाई बिक्री गर्नेछ…