रियल टाइम ग्रस सेटेलमेन्ट (आरटीजीएस) प्रणालीमा थप चार वटा बैंक तथा वित्तीय संस्थाहरु आबद्ध भएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार मितेरी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी र समृद्धि फाइनान्स कम्पनी लिमिटेड आरटीजीएस प्रणालीमा आबद्ध भएका हुन्। थपिएका चारवटै संस्थाहरुले जेठ ४ गते बुधबारदेखि नै आरटीजीएस प्रणालीमा डाइरेक्ट पार्टिसिपेन्ट्सका रुपमा आबद्ध भई…