कोभिडपछि ब्यूतेको अर्थतन्त्रमा बाह्य क्षेत्रको प्रभाव

विसं २०७२ को भूकम्पले नेपालको अर्थतन्त्रमा नकारात्मक असर पार्‍याे । भूकम्पको असर न्यूनीकरण गर्दै लयमा अगाडि बढेको नेपाली अर्थतन्त्र विश्वव्यापी कोरोना महामारीको अवधिसम्म अप्ठ्यारो अवस्थामा आइपुग्यो । कोरोनाले पारेको प्रभावबाट तङ्ग्रिँदै गर्दा मुलुकको अर्थतन्त्रमाथि फेरि चुनौती थपिएको छ । रुस–युक्रेन द्वन्द्वका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएको छ । चालु आवमा पेट्रोलियम…