नेपाल राष्ट्र बैंकले गैर–आवासीय नेपालीका नाममा खाता खोल्न सहज नीति अख्तियार गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंक विदेशी विनिमय विभागले इजाजतपत्रप्राप्त 'क' वर्गका वाणिज्य बैंकहरु, राष्ट्रियस्तरका 'ख' वर्गका विकास बैंकहरु र अन्य निकायहरुलाई परिपत्र जारी गर्दै खाता खोल्न र संचालनका लागि सहजीकरण गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकले संस्थागत…