कोरोना संक्रमणदरमा कमी आएसंगै पुनः सुरु भएको आर्थिक गतिविधिले हुण्डिको कारोबार बढाएको छ । औपचारिकसंगै अनौपचारिक अर्थतन्त्रले पनि गति लिएपछि हुण्डिको कारोबार बढेका कारण रेमिट्यान्स आप्रबाहमा करिब १७ अर्बले कमी आएको हो । गत आर्थिक वर्ष २०७७/०७८ को पहिलो महिनामा कोरोनाका कारण लकडाउन भएको अवस्था थियो । सो अवधिमा रेमिट्यान्स बैंकिङ च्यानल मार्फत नेपाल भित्रिएको…