नेपाल राष्ट्र बैंकले पुनरकर्जा कोषको आकार घटाएको छ । बैंकले पुनरकर्जा कार्यविधि संशोधन गर्दै पुनरकर्जा कोषको आकार २ खर्ब १२ अर्ब रुपैयाँ बनाएको हो । राष्ट्र बैंकले यसअघि कायम भएको कुल स्रोत रकमको अधिकतम ५ गुणासम्म पुनरकर्जा प्रदान गर्न सकिने व्यवस्था गरेको थियो । कार्यविधिलाई संशोधन गर्दै स्रोतको ४.१२ गुणासम्म मात्रै पुनरकर्जा दिने व्यवस्था गरेको…