सरकारको अनुमान सरह आर्थिक वृद्धिदर २.३ % कायम हुने एडीबीको प्रक्षेपण

एशियाली विकास बैंक (एडीबी) ले यसअघिको अनुमानलाई संशोधन गर्दै चालु आर्थिक वर्षमा सरकारले अनुमान गरे बमोजिमकै आर्थिक वृद्धि हासिल हुने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ। एडिबीले एशियन डेभलपमेन्ट आउटलुक (एडिओ) प्रतिवेदन सार्वजनिक गर्दै चालू वर्षमा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित हुने प्रक्षेपण सार्वजनिक गरेको हो। नेपाल सरकारले पनि चालु आर्थिक वर्षमा २.३ प्रतिशत नै…