तिनाउ मिसन डेभलपमेण्ट बैंकमा सर्वसाधारण समूहको शेयर स्वामित्व बढ्ने भएको छ । बैंकमा संस्थापक शेयर ५३ दशमलव ३४ प्रतिशत र सर्वसाधारण शेयर ४६ दशमलव ६६ रहेकोमा संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व ५१:४९ कायम गर्न लागेको हो । बैंकले नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन अनुसार संस्थापक शेयर स्वामित्व घटाउने भएको…