महालक्ष्मी विकास बैंकको खराब कर्जामा आकर्षक सुधार, नाफा ५४.३५ प्रतिशतले बढ्यो

महालक्ष्मी विकास बैंक (MLBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणमा आफ्नो खराब कर्जा अनुपातमा उल्लेख्य सुधार गरेको छ । यसअघि खराब कर्जा वापत प्रोभिजिनिङ्गका कारण बैंकको मुनाफा प्रभावित हुँदै आएकोमा बैंकले खराब कर्जा घटाउँदै लगेको हो। वित्तीय विवरण अनुसार बैंकको खराब कर्जा अनुपात ४.४१ बाट १.६५ बिन्दुले सुधार भई २.७६ प्रतिशतमा झरेको छ…