नेपाल क्रेडिट एण्ड कमर्स (NCCB) बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः रमेशराज अर्याल नियुक्त भएका छन् । बैंकको साउन १९ गते बसेको ८०२ औँ संचालक समितिको बैंठकले अर्याललाई दोस्रो कार्यकालको लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । अर्यालको दोस्रो कार्यकाल असोज १ गतेबाट लागू हुनेछ । उनले आगामी चार वर्षसम्म एनसीसी बैंकको व्यवस्थापकीय नेतृत्व सम्हाल्नेछन्…