बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको असारसम्ममा उठ्नु पर्ने ब्याज आम्दानी असोजसम्ममा उठाइ असारको आम्दानीमा देखाउन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै असारसम्म उठ्नुपर्ने ब्याज असोजसम्ममा उठाए पनि गत आर्थिक वर्षको आम्दानीमा देखाउन पाउने व्यवस्था गरेको हो ।इजाजतपत्रप्राप्त संस्थाको लेखानीति बमोजिम लेखाङ्कन गरिएको कर्जाको ब्याज आम्दानीमध्ये यस बैंकको निर्देशनबमोजिम…