काठमाण्डौं इञ्जिनियरिङ कलेज समुहको प्रवेश पछि यसरी व्युतियो नेपाल फाइनान्स, ५ वर्ष पछि व्यवसायिक कारोबार

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त संस्थाको सूचीबाट हटाए पछि नेपाल फाइनान्सले बिहीबारदेखि व्यवसायिक कारोबार सुरु गरेको छ । काठमाण्डौं इञ्जिनियरिङ कलेज समुहका साथै स्थानीय व्यवसायीको इन्ट्रीसँगै फाइनान्स समस्याग्रस्तबाट मुक्त भएको थियो । यस अघि समस्याग्रस्त जनरल फाइनान्सको व्यवस्थापनमा प्रवेश गरेर बेष्ट फाइनान्सका नाममा व्यवसायिक कारोबार गराएका उद्धव राज थपलियाको नेतृत्वमा अहिले नेपाल फाइनान्स व्युँतिएको हो ।…