समृद्धि फाइनान्सले विभिन्न आठ पदमा एक एक जनाको दरले कर्मचारी मागेको छ ।
समस्याग्रस्त वल्र्ड मर्चेण्ट बैंकिङ् एण्ड फाइनान्सलाई किनेर नयाँ व्यवस्थापन सहित समृद्धि फाइनान्सको नामबाट फाइनान्सले सेवा सुरु गरेको छ । सोही अनुसार मकवानपुरको हेटौंडामा मुख्य कार्यालय रहेको फाइनान्सले काठमाण्डौंका लागि ८ जना कर्मचारी माग गरेको हो ।
फाइनान्सले चिफ फाइनान्स अफिसर (डेपुटी म्यानेजर) मा एक जना, डेपुटी म्यानेजर (क्रेडिट डिपार्टमेण्ट) मा एक जना, सिनियर अफिसर (आईटी डिपार्टमेण्ट) मा एक जनाको आवेदन माग गरेको हो ।
त्यसैगरी फाइनान्सले अफिसर (ब्राञ्च कोअर्डिनेशन सेल) मा एक जना, लिगल अफिसर एक जना र एक जना अफिसर पदमा कर्मचारी माग गरेको हो ।
फाइनान्सले जुनियर अफिसर (एचआर तथा एढमिन डिपार्टमेण्ट) मा एक जना र एसिस्टेण्ट एक जनालाई आवश्यक कागजात सहित आगामी पुस २ गते भित्रमा आवेदन दिन भनेको हो ।
इच्छुक आवेदकले फाइनान्सको इमेल ठेगाना [email protected] मा कागजात पठाउन सक्ने छन् ।
फाइनान्सले उल्लेखित पदका कर्मचारीको योग्यताका आधारमा अन्तरवार्ताबाट मात्र कर्मचारी छनौट गर्नेछ ।
प्रतिक्रिया