देव विकास बैंकलाई आफूमा विलय गरेको कुमारी बैंकले विभिन्न स्थानका १९ वटा शाखाहरु स्थानान्तरण पश्चात कार्यालय बिक्री गर्ने भएको छ । बैंकले काठमाण्डौंसहित देशका विभिन्न जिल्लामा रहेका साविकका देव विकास बैंकतर्फका कार्यालयहरु यथास्थितीमा बिक्री गर्न बोलपत्र आह्वान गरेको हो । बैंकका अनुसार काठमाण्डौंका जोरपाटी र पुरानो बानेश्वरमा रहेका साविकका देव विकास बैंकका शाखा स्थानान्तरणसँगै यथास्थितीमा…