प्रभु बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा मणिराम पोखरेल नियुक्त भएका छन् । बैंकिङ्ग क्षेत्रमा तीन दशक कार्यानुभव संगालेका पोखरेललाई बैंक सञ्चालक समितिले साउन १ गतेदेखी लागू हुनेगरी डेपुटी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । समृद्धि विकास बैंक प्रभु विकास बैंकमा गाभिएपछि पोखरेलले प्रभु बैंकमा दोस्रो पोजिसनमा कार्य गर्दै आइरहेका थिए ।…