नागरिक लगानी कोषले संचालनमा ल्यायो नागरिक बचत वृद्धि कार्यक्रम

नागरिक लगानी कोषले पेन्सन योजनामा रुपान्तरण गर्ने प्रावधान सहितको नागरिक बचत बृद्धि कार्यक्रम सार्वजनिक गरेको छ । कोषका विद्यमान योजनाहरुले नसमेटिएका क्षेत्र तथा समुदायलाई लक्षित गरी सर्वसाधरणलाई कोषको कार्यक्रममा आवद्धता गराउन सहभागितामूलक बचत कार्यक्रम संचालन गर्न नयाँ योजना ल्याएको कोषले जनाएको छ । सर्वसाधरणलाई समेत सामाजिक सुरक्षाको प्रत्याभूति दिन र बचत गर्न प्रोत्साहित गर्ने उद्देश्यले…