नेपाल बैंकका नवनियुक्त सीईओ पाण्डेयले लिए सपथ

नेपाल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) तिलकराज पाण्डेयले सपथ लिएका छन् । सञ्चालक समितिको निर्णयानुसार बैंकमा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा २०८० पुस ८ गतेदेखि लागू हुने गरी नियुक्ति पाएका पाण्डेयले आइतबार नै सञ्चालक समितिका अध्यक्षबाट प्रमुख कार्यकारी अधिकृत पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेको कम्पनी सचिव केशव प्रसाद भण्डारीले जानकारी दिए…