अर्थमन्त्री युवराज खतिवडाले सहुलियतपूर्ण कर्जा बैंकले नदिए आफूलाई खबर गर्न आग्रह गरेका छन् । राष्ट्रिय युवा परिषद्ले बुधबारआयोजना गरेको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि–२०७६ को प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड र कृषि विकास बैंकसँगको सम्झौता घोषणासभा तथा पत्रकार सम्मेलनमा उनले सहुलियतपूर्ण कर्जा प्रवाह नगर्ने बैंकमाथि एक्शन लिइने बताए ।…