अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले मुलुकको अर्थतन्त्रको संरचनालाई परिवर्तन गर्न लागेकोे जानकारी दिँदै मर्जरले बित्तीय क्षेत्रमा नयाँ आयाम थपिने विश्वास बताएका छन् । जनता बैंकसँगको मर्जर पछि शुक्रबारबाट एकीकृत कारोबार शुभारम्भ गरेको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले बैंकले ठूलो आकार ग्रहण गरिरहँदा मुलुकका ठूला परियोजनामा लगानी वृद्धि भई उद्योग, व्यवसायको पनि आकार बढ्ने चर्चा गर्दै…