सरकारले चालु आर्थिक बर्षको पाँच महिनाको प्रगति विवरण सार्वजनिक गर्दै देशको अर्थतन्त्र स्थायित्वतर्फ उन्मुख रहेको जनाएको छ । अर्थ मन्त्रालयले गत साउनदेखि मंसिरसम्मको अवधिमा आर्थिक क्रियाकलापहरु विस्तार र समष्टिगत परिसूचकहरु सकारात्मक रहेको उल्लेख गरेको छ । मन्त्रालयले बुधबार रिपोर्ट सार्वजनिक गर्दै निकासीमा भएको वृद्धि र पैठारीमा भएको कमीसँगै वैदेशिक व्यापारको असन्तुलनमा सुधार आएको जनाएको छ…