पोखराको हेम्जामा सिद्धार्थ बैंकको नयाँ शाखा

सिद्घार्थ बैंकले पोखराको हेम्जामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले नयाँ शाखा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । नया शाखा बिस्तारसँगै सिद्घार्थ बैंकको शाखा संख्या १७३ पुगेको छ । बैंकले १०१ शाखारहित बैंकिङ्ग सेवा, १९० एटिएम…