ज्योति विकास बैंकको नयाँ शाखा गोंगबुमा

ज्योति विकास बैंकले काठमाण्डौको गोंगबुमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखा गोंगबुमा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। काठमाण्डौ महानगरपालिका वडा नं २६, गोंगबुस्थित ज्योति विकास बैंकको नयाँ शाखाको समुद्घाटन काठमाण्डौ महानगरपालिकाकी उपमेयर हरि प्रभा खड्गीले गरीन । उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि काठमाण्डौ…