वर्ल्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडलाई राष्ट्र बैंकले समस्याग्रस्त संस्थाबाट फुकुवा गरेको छ । राष्ट्र बैंकले उक्त संस्थालाई सशर्त समस्याग्रस्त बाट हटाएको हो । कम्पनीको सबै संस्थापक शेयर नयाँ समूहले किनेपछि समस्याग्रस्त घोषणा भएको ६ बर्षपछि शर्तसहित कम्पनीलाई समस्याग्रस्तबाट मुक्त गरेको हो । राष्ट्र बैंकले आन्तरिक नियन्त्रण प्रणाली बलियो बनाउन, खराब कर्जा उठाउन र चुक्ता…