नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ६६ हजार ३०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनाएको हो । यस्तै तेजाबी सुन पनि प्रतितोला ६६ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार सुनको मूल्य एकैदिन प्रतितोला ५०० रुपैयाँले बढेको हो । शुक्रबार छापावाला…