ब्याजदर वृद्धिको प्रभाव: दीर्घकालीन अमेरिकी ट्रेजरी बन्ड इल्ड १६ वर्ष यताकै उच्च

अमेरिकी केन्द्रीय बैंक-फेडरल रिजर्भले आक्रामक शैलीमा बढाएको ब्याजदरको प्रभाव दीर्घकालीन अमेरिकी ट्रेजरी बन्डमा परेको छ । फेडले निरन्तर ब्याजदर बढाउँदा लगानीकर्ताले बन्ड सेल-अफको श्रृङ्खला चलाएका छन् । जसकारण १० वर्ष अवधिका ट्रेजरी बन्डको इल्ड १६ वर्ष यताकै उच्च हुन पुगेको छ । अमेरिकामा मात्रै नभई बन्ड सेलअफको श्रृङ्खला बेलायत र युरोपेली राष्ट्रहरुमा समेत देखिएको छ…