‘सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छ’

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सहकारी ठगी गर्नेको सम्पत्तिबाटै पीडितलाई पैसा फिर्ता गराउन पहल गरिनुपर्नेमा जोड दिएका छन्। बिपी चिन्तन प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘सहकारी क्षेत्रमा आएका समस्या समाधानका उपाय’ विषयक अन्तरक्रियामा उहाँले समस्या देखिएका सहकारीका सञ्चालक र तिनका परिवार मोटाउने र बचतकर्ता पीडित हुने, बचत फिर्ता नपाउने अवस्था देखिएकाले सञ्चालक एवं तिनका…