बैंक, वित्त तथा अन्य वित्तीय संस्थाको कर्जा लगानी कुल गार्हस्थ उत्पादन भन्दा २५ प्रतिशत विन्दुले धेरै छ । केन्द्रीय बैंकका अनुसार २०८० असारसम्ममा वित्तीय क्षेत्रको कर्जा लगानी कुल गार्हस्थ उत्पादनको १२५.३ प्रतिशत हुन आएको हो । आर्थिक वर्ष २०७९/८० मा बैंक, वित्त तथा अन्य वित्तीय संस्थाको कर्जा लगानी कुल गार्हस्थ उत्पादनको १२७.३ प्रतिशत थियो ।…