विश्व बैंकले कोभिड-१९ ले सिर्जना गरेको जनस्वास्थ्य सङ्कटले शताब्दी यताकै ठूलो विश्वव्यापी आर्थिक सङ्कट निम्त्याएको बताएको छ । विश्व बैंक समूहले वार्षिक रुपमा प्रकाशन गर्ने विश्व विकास प्रतिवेदनको सन् २०२२ संस्करण प्रकाशित गर्दै महामारीका कारण आर्थिक वृद्धिमा ठूलो क्षति पुगेको तथा गरिबी र आर्थिक असमानता पनि बढेको उल्लेख गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको…