पछिल्लो २४ घण्टामा पाँच हजार ५८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आठ हजार २६७ कोरोनाबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १७ हजार ६७४ जनाको पिसीआर परीक्षण गरिएको थियो । निको हुने दर ९१ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ७४ हजार ६५३ पुगेको छ ।…