नेप्सेमा १० लाख २८ हजार कित्ता बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माघ ११ गते १० लाख २८ हजार १९८ दशमलव २४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । स्टकका अनुसार स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर आज मंगलबार सूचीकृत भएको हो । कम्पनीको चुक्ता पूँजीको २५ प्रतिशत बोनस बापतको सेयर धितोत्रपको दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी नेप्सेमा सूचीकृत भएको हो…