अम्बे समूहले बाँकेमा एक अर्ब २५ करोडको लगानीमा आफ्नै बिलेट उद्योग सञ्चालनमा ल्याउन थालेको छ । बाँके जिल्लाको जानकी गाउँपालिकाको गनापुरमा आगामी तीन महिनाभित्र सो उद्योग सञ्चालन गर्ने गरि तयारी अन्तिम चरणमा पुगेको अम्बे समूहको बाँकेस्थित उद्योगका व्यवस्थापक अनुज श्रेष्ठले बताए । दुई वर्ष अघि तीन अर्ब रुपियाँको लगानीमा गनापुरमै सो समूहले जय अम्बे डन्डी…