वाणिज्य बैंकहरुबाट पहिलो पटक ठूलो मात्रमा निक्षेप घटेपछि नेपाल बैंकर्स संघलाई नै अध्ययनको बिषय बनेको छ । साउन लागेयता वाणिज्य बैंकहरुबाट आधा खर्ब बढी निक्षेप बाहिरिनुको ठोस कारण थाहा नपाउँदा अनुसन्धानको बिषय बन्न पुगेको हो । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनको २२ गतेसम्ममा वाणिज्य बैंकहरुको ६१ अर्ब रुपैयाँ निक्षेप घटेको छ । यस…