लामो समयदेखि लिलाम नहुँदा करोडौं मूल्यका सवारी साधन कबाड बन्दै

लामो समयदेखि लिलाम नहुँदा सिरहाको ठाडी भन्सार कार्यालयमा राखिएका करोडौँ मूल्य बराबरका सवारी साधन कबाड बन्दै गएका छन् । लामो र झन्झटिलो प्रक्रिया भएका कारण विगत तीन वर्षदेखि भन्सार कार्यालयले लिलाम गर्न नसक्दा १२० मोटरसाइकल र पाँच जिप कार कबाड बन्दै गएको हुन् । भन्सार कार्यालय परिसरमा थन्किएका कतिपय मोटरसाइकलका पाटपुर्जामा खिया लागेर लिलाम नै…