बुधबार सुनचाँदी दुबैको मूल्य घट्यो

बुधबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन तोलाको ७०० रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको हो । महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको भाउ तोलाको ९२ हजार ५०० रुपैयाँ, तेजावी ९२ हजार रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार २६० रुपैयाँ कायम गरिएको छ…