अपर तामाकोसीको तेस्रो युनिटबाट विद्युत् उत्पादन थालियो

राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको तेस्रो युनिटबाट पनि विद्युत् उत्पादन थालिएको छ । आयोजनाका प्रवक्ता गणेश न्यौपानेले शुक्रबार रातिदेखि तेस्रो युनिट सञ्चालन गरिएको जानकारी दिए । पहिलो र दोस्रो युनिटको परीक्षण उत्पादन सफल भएपछि तेस्रो युनिट पनि सञ्चालनमा ल्याइएको उनले बताए । यससँगै आयोजनाबाट अब २२८ मेगावाट विद्युत उत्पादन हुन थालेको…